Content
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्