काठमाडौँ । फिल्म ‘आ बाट आमा २’ को टिजर सार्वजनिक गरिएको छ। ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पल शाह, बिपना थापा र मलिका महतको पारिवारिक कथासँगै दसैँको परिवेश र पारिवारिक संवेदनालाई प्रस्तुत गरिएको छ।
विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्मको टिजरले मुख्य रूपमा आमा र छोराबीचको सम्बन्ध तथा पारिवारिक कथालाई केन्द्रमा राखेको देखिन्छ।
फिल्ममा पल शाह, बिपना थापा र मलिका महत लगायतका कलाकारको अभिनय रहेको छ। टिजरमा परिवारभित्रको सम्बन्ध, भावना र दसैँसँग जोडिएका प्रसङ्गलाई समेत समेटिएको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको छ। संवाद रोशन भट्टले लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।
फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्