काठमाडौं, १४ असोज। परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन असोज ४ गते अमेरिका गएका परराष्ट्रमन्त्री खनाल बुधबार स्वदेश फर्किएका हुन्। अमेरिका बसाइका क्रममा उनी महासभाका विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागी भएका थिए।
महासभामा भाग लिन गएका प्रधानमन्त्री बालेन शाह भने असोज १० गते नै स्वदेश फर्किसकेका थिए।
स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरे। सम्मेलनमा उनले महासभाका क्रममा विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरी नेपालको राष्ट्रिय हितका विषयलाई प्राथमिकताका साथ उठाइएको बताए।
परराष्ट्रमन्त्री खनालले ८१औं महासभा नेपालको हित प्रवर्द्धनका लागि फलदायी भएको दाबी गरे।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्