काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।

मंगलबार प्रतितोला रु. ३ हजार ८०० ले घटेको सुनको भाउ आज तोलामा रु. २ हजार ८०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु. २ लाख ९३ हजार ३०० मा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला रु. २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला रु. ४ हजार ३९५ मा कारोबार भएको चाँदी आज तोलामा रु. ४ हजार ४२५ मा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला रु. ३० ले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।