काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको जहाजमार्फत अर्थमन्त्री वाग्ले बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् ।
बैठकका क्रममा नेपाललाई सन् २०२६–२७ का लागि एआईआईबीको उपसभापतिमा निर्वाचित गरिएको छ । उक्त अवसरमा अर्थमन्त्री वाग्लेले नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र अवस्थाअनुसार बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने धारणा राखेका थिए ।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायतका पूर्वाधार क्षेत्रमा एआईआईबीको लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित तथा आर्थिक सहकार्यका विषयमा छलफल गरेका थिए ।
छलफलमा नेपालमा लगानी विस्तार, पूर्वाधार विकास तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा समेत कुराकानी भएको थियो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्