काठमाडौं। नेपाली कांग्रेसभित्र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएको छ। पार्टीको १५औँ महाधिवेशनका नाममा देउवा समूहले आज असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु गरेको हो।

वडा अधिवेशनको अवसरमा देउवाले बिहीबार नेता-कार्यकर्ताका नाममा अपिल जारी गरेका छन्। निवर्तमान सभापति भए पनि उनले सभापतिकै हैसियतमा उक्त अपिल जारी गरेका हुन्।

अपिलमा देउवाले आफ्नो समूहले आयोजना गरेको महाधिवेशन प्रक्रियालाई समर्थन गर्न आग्रह गरेका छन्। उनका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर अधिवेशन सुरु हुन लागेको छ।

देउवाले सबै तहका नेता-कार्यकर्तालाई वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्