धनकुटा, १४ असोज। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

उनी गृहजिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि बनेका हुन्। महाधिवेशन प्रतिनिधिको खुलातर्फ उम्मेदवार रहेका उनले ६५७ मत ल्याएका थिए।

सिद्धार्थका बुवा सुनिल थापा पनि कांग्रेस राजनीतिमा सक्रिय छन्। उनी हाल राष्ट्रिय सभा सदस्य छन्। तर यस पटक सुनिल भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेनन्। युवाहरूलाई अवसर दिन आफू प्रतिनिधिमा नउठेको उनको भनाइ छ।

सिद्धार्थका हजुरबुवा सूर्यबहादुर थापा पाँच पटक देशको प्रधानमन्त्री बनेका थिए।