चितवनविरुद्ध विराटनगरको दोस्रो विकेट पतन ८ ओभरमा ६६ रन
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको विराटनगर किङ्सले दोस्रो विकेट गुमाएको छ।
विराटनगरका श्रीलंकाली ब्याटर चरिथ असलंका ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनलाई चितवनका डीआर मौस्लीले एलबीडब्ल्यू धरापमा पारे।
यसअघि विराटनगरले लोकेश बमको विकेट गुमाएको थियो। बमले १४ बलमा २६ रन बनाएका थिए। पाँचौँ ओभरको तेस्रो बलमा रन्जित कुमारको बलमा विवेक यादवले उनलाई क्याच आउट गराए।
खेलको आठ ओभर समाप्त हुँदा विराटनगरले दुई विकेटको क्षतिमा ६६ रन बनाएको छ। इमरान शेख २४ बलमा ३० रन बनाएर क्रिजमा छन् भने बसिर अहमद नयाँ ब्याटरका रूपमा मैदानमा आएका छन्।
चितवनले पहिलो इनिङ्समा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। विराटनगरले जितका लागि १५८ रनको लक्ष्य पछ्याइरहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्