वीरगन्ज ।।(पर्सा) प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महानगरपालिका(१६ ईनर्वागाउँस्थित भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइएका रु नौ लाख ५३ हजार ३४५ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।

त्यसैगरी वीरगन्ज(१६ रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरिएको रु २३ हजार ४८५ बराबरका तरकारी तथा मालबस्तु पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादर मल्लले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सामान कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । रासस