नयाँदिल्ली,। म शृङ्खलामा दबाब बढिरहेका बेला भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो १० दिनमा यो चौथो पटक गरिएध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिको मूल्यवृद्धि हो ।

फेब्रुअरीदेखि सुरु भएको युद्धयता भारतमा पेट्रोलियम पदार्थको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ । विशेषगरी इरान र हर्मुज जलघाँटी क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर भारतीय बजारमा परेको हो ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्नो कुल आयातको झण्डै आधा हिस्सा हर्मुज जलघाँटीमार्फत ल्याउने भएकाले आपूर्ति जोखिमसँगै आन्तरिक बजारमा मूल्य समायोजनको दबाब पनि बढ्दै गएको छ ।

पछिल्लो समायोजनपछि भारतभर पेट्रोल र डिजेलको मूल्य औसतमा दुई रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९९।५ रुपैयाँबाट बढेर १०२।१२ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९५।२० रुपैयाँ कायम गरिएको छ ।

यो वृद्धि प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन इन्धन खपत नियन्त्रण आवश्यक रहेको बताएको केही दिनपछि आएको हो । उनले आयातमा हुने उच्च खर्चलाई ध्यानमा राख्दै उपभोगमा अनुशासन आवश्यक रहेको संकेत गरेका थिए ।

यसैबीच भारतले मध्यपूर्वबाट हुने आपूर्तिमा आएको कमी पूर्ति गर्न रूसबाट कच्चा तेल आयात बढाएको छ । जहाज ट्र्याकिङ तथा आयातसम्बन्धी तथ्याङ्कले अस्थायी अमेरिकी छुटपछि भारत वैकल्पिक स्रोततर्फ बढी केन्द्रित भएको देखाएका छन् ।

ऊर्जा आपूर्तिमा परेको दबाबबारे प्रतिक्रिया दिँदै भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले तेल बिक्री गर्ने कम्पनीहरू ठूलो आर्थिक दबाबमा रहेको बताए। उनका अनुसार ती कम्पनीहरूले दैनिक करिब १२ करोड अमेरिकी डलरसम्म घाटा बेहोरिरहेका छन् । त्यसका बाबजुद पनि देशमा ‘निर्बाध ऊर्जा आयात र आपूर्ति’ सुनिश्चित गरिएको उनले दाबी गरे।