काठमाडौं – शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुरको ठूलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले शिवरात्रिको भीडभाडका क्रममा महिला भक्तजनसँग दुर्व्यवहार गरेका थिए । त्यसपछि उनले प्रहरी कर्मचारीलाई कुटपिट गर्दै हिँडेका थिए ।
घटनापछि उनलाई बुधबार स्वयम्भूबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताएका छन् ।


COMMENT
.