भद्रपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनिनसकेको बताएका छन् । काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आइतबार आउने क्रममा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको बताए ।
उनले भद्रपुर विमानस्थलमा पत्रकारसँग बोल्दै अझै पनि ढुक्कको वातावरण बनिनसकेको जनाएका हुन्। यसबारे अन्तरिम सरकारले धेरै कुरा जान्नु पर्नेसमेत उनले बताएका छन्। यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरेका थिए।
यस पटक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओली २०४८ सालको निर्वाचनदेखि नै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार
समाचार
मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्रले भने : अलमल नगर्नू, अप्ठेरो परे मलाई भन्नू
१६ चैत २०८२, सोमवार
समाचार
काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव
१२ चैत २०८२, बिहिवार


COMMENT
.