.jpg)
कटारी - यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ । यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् । गत बिहीबार भएको सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो । उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित रु तीन लाख तथा उपविजेतालाई रु एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको एकसहित आठ टोलीले भाग लिएका थिए ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.