काठमाडौं,चैत २० – इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले शीर्ष चारमा रहँदै सिजन अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ । नटिङ्घमले मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध १–० को जित निकालेसँगै च्याम्पियन्स लिगमा स्थान बनाउँदै सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा नटिङ्घमलाई जित दिलाउन एन्थोनी एलान्गेले गरेको गोल निर्णायक बन्यो । उनले खेलको पाँचौं मिनेटमा गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रतामा राखेका थिए ।
यो जितसँगै तेस्रो स्थानको नटिङ्घमले ३० खेलबाट ५७ अंक जोडेको छ । जुन, चौथो स्थानमा रहेको चेल्सीको भन्दा आठ र पाँचौं स्थानको म्यानचेस्टर सिटीभन्दा नौ अंक धेरै हो । तालिकाको चौथो स्थानमा रहेको चेल्सीले २९ खेलबाट ४९ अंक र पाँचौं स्थानको सिटीले ४८ अंक जोडेको छ । यता, युनाइटेड भने ३० खेलबाट ३७ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र
चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम


COMMENT
.