• ४ वैशाख २०८३, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

प्रधानमन्त्री बालेन विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

३ वैशाख २०८३, बिहिवार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेनको नाम पनि समेटिएको हो ।

टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई ‘नेता क्याटोगोरी’मा समेटेको छ। म्यागेजिनले छानेका विश्वका २४ प्रभावशाली नेताको सूचीमा बालेन पनि समेटिएका हुन् ।  क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान, न्युयोर्क शहरमा मेयर जोहरन मम्दानीलगायतका नेता यो सूचीमा छन् ।

प्रधानमन्त्री शाहलाई म्यागजिनले  ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ। प्रधानमन्त्री बालेन ३६ वर्षका छन्। उनी गएको चैत १३ गते नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री शाहका लागि टाइमको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’टाइम म्यागजिनले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ। 

COMMENT

.