काठमाडौं,। फुटबल गतिविधि ठप्प भएको भन्दै खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगन गरेकोविरुद्ध नेपाल फुटबल खेलाडी संघले प्रर्दशन गरेका हुन् ।सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरुले ‘हाम्रा बुट थन्किएका छन् हाम्रो खेल्ने अधिकार खै रु’लगायतका विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले एन्फा मुख्यालयमा धर्ना दिएर खेल गतिविधि छिटो भन्दा छिटो सञ्चालन गर्न आग्रह गरेका हुन् ।पछिल्लो समय नेपालमा कुनै पनि फुटबल गतिविधि हुन सकेको छैन । साथै कुनै पनि घरेलु लिगहरुसमेत हुन सकेको छैन । एन्फा पटक पटक लिगहरु स्थगित गर्दै आइरहेको छ। जसको कारण नेपालमै खेलमा भविष्य खोज्ने खेलाडीहरु निराश भएका छन्
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.