• २६ असोज २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

२६ असोज २०८२, आइतवार

काठमाडौं,। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ । शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

COMMENT

.