काठमाडौं,। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.