काठमाडौं, २८ असार : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ भने चाँदीको मूल्य रु ३५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला रु ४ हजार ४७५ मा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० र चाँदी रु ४ हजार ५१० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,१४५ अमेरिकी डलर र चाँदी ६० अमेरिकी डलर मा कारोबार भइरहेको छ।