काठमाडौँ, असार २८ : सरकारले आगामी साउन १ गते (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को राजस्व अनलाइनमार्फत तिर्न सकिने व्यवस्था लागू गर्ने भएको छ।

यातायात व्यवस्था विभागले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने तथा कार्यालयमा हुने भिडभाड कम गर्ने उद्देश्यले आवश्यक प्राविधिक तयारीलाई तीव्र बनाएको जनाएको छ।

विभागका अनुसार नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले लाइसेन्ससम्बन्धी राजस्व घरमै बसेर अनलाइन माध्यमबाट तिर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।