सरकारको काम गराइ हिन्दी जासुसी फिल्मजस्तै विचित्र छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कामकारबाही अप्रत्याशित र अनौठो प्रकृतिको रहेको बताएका हुन्।
आफूले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान सञ्चालन गर्दा अपदस्थ हुनुपरेको दाबी गर्दै उनले आफूलाई काम गर्ने वातावरण दिइएको भए देशले थप उपलब्धि हासिल गर्न सक्ने जिकिर गरे।
आफू नेतृत्वको सरकार हटाइएपछि देश दुर्घटनातर्फ जाने चेतावनी दिँदै आएको स्मरण गराउँदै प्रचण्डले त्यसपछिको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।
उनले वर्तमान सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्ममा देखाइने अस्वाभाविक घटनासँग तुलना गर्दै कुन बेला कुन पत्रकार पक्राउ पर्ने र कसलाई के आरोप लाग्ने हो भन्ने अनिश्चितता रहेको टिप्पणी गरे।
‘कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन,’ प्रचण्डले भने।
उनको टिप्पणी वर्तमान सरकारको कार्यशैली, पत्रकारमाथिको व्यवहार र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिए



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्