एनपीएलमा आज लुम्बिनी र काठमाडौँ भिड्दै, शीर्ष स्थानमा पुग्ने दाउमा दुवै टोली
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। जित निकाल्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदान उत्रनेछन्।
जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको लुम्बिनी लायन्स चार खेलबाट तीन जित र एक बराबरीसहित ७ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। यता काठमाडौँ गोर्खाजले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा छ।
हेड टु हेडको तथ्यांक हेर्दा लुम्बिनीमाथि काठमाडौँको दबदबा देखिन्छ। यसअघिका एनपीएलका संस्करणमा यी दुई टोलीबीच तीन खेल भएका छन्। जसमा काठमाडौँले दुई खेल जित्दा लुम्बिनीले एक खेल आफ्नो पक्षमा पारेको छ।
आजको भिडन्तमा लुम्बिनी आफ्नो अग्रता कायम राख्ने प्रयासमा हुनेछ भने काठमाडौँ पुरानो जितको लयलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्