सिन्धुली ।। सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याब बोलेरो जिपमा सवार योञ्जन ढोकाको लक समातेर बसेका थिए। सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट सडकमा खसेर घाइते भएका थिए।
घाइते योञ्जनलाई सोही जिपमा राखेर उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा बिहान ९ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्