काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयलाई लिएर भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै खतिवडाले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देशको सुधारका लागि संसद्मा आएको स्पष्ट पारिन्।
संसद्को रोस्टमबाट बोल्दै उनले आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनी गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसको प्रतिवाद गरिन्।
खतिवडाले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभएको बताउँदै ‘जेन–जी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि आफू संसद्मा आएको जिकिर गरिन्।
उनले शहीदको बलिदान र आमाको पीडालाई राजनीतिक टिप्पणीको विषय नबनाउन आग्रह गरिन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्