राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको छ। बिहीबार अपरान्ह शीतल निवासमा भएको भेटमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।
अर्थमन्त्री वाग्लेले भोलि शुक्रबार अपरान्ह ४ बजे संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आगामी बजेटलाई लिएर मुलुकभर चासो बढिरहेको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण मानिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्