मकवानपुरकी सञ्चारकर्मी अञ्जना न्यासुर तामाङ रास्वपामा, पत्रकारिता छाडेर राजनीतिमा
मकवानपुरकी सञ्चारकर्मी अञ्जना न्यासुर तामाङले पत्रकारिता छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी छन्। उनले पत्रकारितामार्फत समाजमा योगदान दिँदै आएकामा अब प्रत्यक्ष राजनीतिमा सहभागी भएर जनसेवा गर्ने दाबी गरेकी छन्।
तामाङको यो निर्णयसँगै उनी अब सक्रिय राजनीतिमा अघि बढ्ने भएकी छन्। उनले पत्रकारिताबाट पूर्णविराम लगाएर राजनीतिक यात्रामार्फत जनताको सेवामा समर्पित हुने धारणा राखेकी छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्