काठमाडौँ। फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ। शुक्रबार पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको फिल्म लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको हो। लक्ष्मणले यसअघि ‘बुलाकी’ र ‘परालको आगो’ निर्देशन गरेका थिए।
फिल्ममा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको जोडीलाई पर्दामा हेर्न पाइनेछ।
निर्माण टिम
फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ। कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् भने निर्माण प्रमुख प्रकाश हमाल छन्।
संकल्प भुजेलको छायाङ्कन रहने यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। करणबहादुर साउदको मुख्य सहायक निर्देशन र रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ।
सामाजिक कथा
एक महिनाको सेड्युल तयार गरेर छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ। फिल्मले सामाजिक कथावस्तुलाई उठान गरेको छ। एक महिलाका लागि सिन्दूरको महत्त्व कति छ भन्ने कथालाई यो फिल्मले उठान गर्नेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्