जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने, टस जितेर जनकपुरले रोज्यो फिल्डिङ
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि कर्णाली याक्सले ब्याटिङको जिम्मेवारी पाएको हो।
जनकपुरले सुरुवातमै बलिङ गर्दै कर्णालीलाई कम स्कोरमा रोक्ने रणनीति बनाएको छ भने कर्णाली याक्सले ब्याटिङमा राम्रो प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने अवसर पाएको छ।
दुवै टोलीबीचको खेल केही बेरमा सुरु हुँदैछ। एनपीएलअन्तर्गतको यस प्रतिस्पर्धामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्