काठमाडौं,। एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाल सामू १ सय १० रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको छ ।
हङकङकी यास्मिन दासवानीले सर्वाधिक ४२ रनको योगदान दिइन् । यस्तै, मारिको हिलले २९, मारिना ल्याम्प्लोले १८ रन जोडिन् । नेपालकी रिया शर्मा र रुविना क्षेत्री बेलबासीले एक–एक विकेट लिए ।
आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई खेल जित्दै क्वारटरफाइलनमा पुगिसकेका छन् ।यसअघिका खेलमा नेपाल र हङकङले कतार र भुटानलाई हराएका थिए । ८ राष्ट्र सहभागि प्रतियोगितामा चारवटा समूह रहेका छन् । प्रिमियर कपको शीर्ष टोली महिला टी–२० एसियाका लागि छनोट हुनेछन् ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्