रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जिप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धान र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।