एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो खेल, टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि पोखरा ब्याटिङमा उत्रन लागेको हो।

पोखराका लागि यो सिजनको पहिलो खेल हो भने सुदूरपश्चिम पहिलो जितको खोजीमा मैदानमा उत्रिएको छ। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।

टसपछि कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो खेलमा पावरप्लेमै विकेट गुमाउँदा टोलीलाई कठिन भएको बताएका थिए। उनले आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए। सुदूरपश्चिमले लुम्बिनीविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ।

पोखरा एभेन्जर्सको प्लेइङ–११: कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल, आकाश चन्द, सकिब हसन, मेहेदी हसन, धनञ्जय लक्षण, सदीरा समरविक्रम, अर्जुन घर्ती मगर र प्रतीक पोखरेल।

सुदूरपश्चिम रोयल्सको प्लेइङ–११: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा, सैफ जैव, ब्रान्डन म्याकमुलेन, स्कट कुग्लेजिन, सेरफाने रदरफोर्ड र अनिल खरेल।

अब पोखराले पहिलो खेलमै ब्याटिङबाट कस्तो प्रदर्शन गर्छ र सुदूरपश्चिमले पहिलो जितको लक्ष्य पूरा गर्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।