काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक समेत हुन्।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा चलिरहेको छ।

प्रसाईंलाई साइबर ब्युरोले असार १२ गते पक्राउ गरेको थियो। त्यसपछि उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।