![](https://htcmedia.com.np/uploads/post_photo_1737710769.jpg)
काठमाडौं – आईसीसी यू –१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियाले सहजै पराजित गरेको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालको जितमा कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनर साना प्रभीन १ रन र सावित्री धामी ३ रनमै आउट भइन्। ज्योत्स्निका मरासिनीले ७ बलमा ७ रन बनाउँदा सीमाना केसी ४ रनमा अविजित रहिन्। मलेसियाका लागि तीनवटै विकेट मार्स्याले लिइन्।
त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको थियो। मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो।
मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले ५ रन माथि बनाउन सकेनन्। मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए। नूर इज्जातुल स्याफिका ४ तथा ऐन र ब्याट्रिसियाले समान १ रन बनाए। त्यसअघि नुनीले ४ रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान ५ रन बनाए।
प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्। यस्तै कप्तान पुजा महतो विश्वकपमा सर्वाधिक विकेट लिने महिला खेलाडी बनेकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् । दोस्रो स्थानमा रहेकी खेलाडीले ७ विकेट मात्र लिएकी छिन् । आजको खेलमा पुजाको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो । खेलपछि पत्रकारसँग कुरा गर्दै पूजाले आफू लेडि बुम्रराह बन्ने योजनामा रहेको बताएकी छन् ।
TAGS
SHARE
RELATED_NEWS
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.