• ६ फागुन २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

महिला एसिया कप : नेपाल प्रतियोगिताबाट बाहिरियो, भारत सेमिफाइनलमा

५ फागुन २०८२, मङ्गलवार

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ७९ रनको चुनौती दिएको थियो। थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले १८ ओभर खेल्दा सबै विकेट गुमाएर ७८ रन बनाएको थियो।

७९ रनको लक्ष्य भारतले सात ओभर ४ बलमा तीन विकेट गुमाएर ८२ रन बनाउँदै भेट्टाएको हो। भारतका लागि दिनेश वृन्दले नटआउट ३९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय, अनु कठायत र सीता रानामगरले एकएक विकेट हात पारे । सुरुमा ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाउँदा रुबि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडेका थिए। नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिन्नु मणिले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो। भारतसँगको सात विकेटको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ। राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा यूएई रहेका छन्। समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड छन्।

COMMENT

.