• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

विश्वकप जितेको भारतीय महिला क्रिकेट टोलीले पाउने भयो पौने २ करोड भारु

१८ कार्तिक २०८२, सोमवार

काठमाडौं,। पहिलोपटक विश्वकपको उपाधि जितेकामा भारतीय महिला क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड बीसीसीआईले ५१ करोड रुपैयाँ पुरस्कार दिने भएको छ।बीसीसीआईका सचिव देवजित सैकियाले महिला क्रिकेट विश्वकप च्याम्पियन बनेकामा भारतीय महिला क्रिकेट टोलीलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिन लागिएको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको सम्मानमा बीसीसीआईले पुरस्कारका रूपमा ५१ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। यो रकम सबै खेलाडी, प्रशिक्षक, छनोटकर्ता र सहयोगी कर्मचारीहरूलाई बाँडिनेछ।’उता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उपाधिसहित १४ मिलियन डलर अर्थात् झन्डै १२४ करोड भारतीय रुपैयाँ पुरस्कार दिनेछ।

आइतबार भारतको नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै विश्वकपको ५२ र आफ्नो ४७ वर्षको इतिहास पहिलोपटक महिला क्रिकेट विश्वकपको उपाधि जितेको हो। 

COMMENT

.