काठमाडौं,। लेडिज ब्याग लुट्ने गिरोह नै प्रहरीको फन्दामा परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा लेडिज ब्याग लुटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर भएर तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट गोस्याङ्ग घर भएका २० वर्षीय विशाल राई, नुवाकोटको किस्पाङ घर भएका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै चौगाडा घर भएका १९ वर्षीय समीर तामाङ छन् ।
आरोपीहरूलाई मंगलबार तारकेश्वर–९ स्थित सुकुम्वासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरुले मङ्सिर ८ मा तारकेश्वर नगरपालिका–११ नेपालटारमा लमजुङ घर भएकी एक जना महिलाको झोला लुटेर भागेका थिए । अनुसन्धान गर्दै जाँदा आरोपीहरूले हालसम्म सो क्षेत्रबाट ३ थान लेडिज ब्याग लुटेको थाहा भएको छ ।उनीहरुले लुटेको सामान प्रहरीले बरामद गरेको छ । आरोपीहरूमाथि चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । पीडितहरूले ३ वटा जाहेरी बालाजु प्रहरीमा दर्ता गराएका छन् ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.