काठमाडौं।। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन् ।
महर्षि कलेज सामाखुशीले शनिबार आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उनले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गरे। उनले शिक्षा सँगसँगै मानसिक स्वास्थ्यलाई पनि विद्यार्थीले ख्याल दिनुपर्ने बताए।
शिक्षा विकास तथा इकाई समन्वय काठमाडौंका प्रमुख सुरेश जोशीले छोटो समयमा महर्षि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे । शिक्षा भनेको व्यक्तिभित्र रहेको प्रतिभालाई उजागर गरेर देखाउने माध्यम भएको उनको भनाइ थियो ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्