नुवाकोट।। शिवपुरी गाउँपालिका -०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ८:२५ बजे बा।प्र।०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा।प्र।३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको थिए ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको थिए ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । घाइते मध्ये दुई जनालाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा काभ्रेपलान्चोक, बनेपा नगरपालिका-८ बस्ने अन्दाजी ५४ वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछाप, ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीय उदयमाया खत्री रहेका छन् ।
घाइते हुनेमा सर्लाही, लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी २५ वर्षीय सुजता पोखरेल, काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीय सर्मिला श्रेष्ठ र दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने अन्दाजी ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन् ।
घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्