काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टपअगाडि यात्रुवाहक बसमा आगलागी भएको छ।

त्रिपुरेश्वर बस स्टपअगाडि यात्रुवाहक बसमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्।

बसमा कसरी आगलागी भयो भन्नेबारे विस्तृत विवरण खुल्न बाँकी रहेको छ। आगलागीबाट भएको क्षति र सम्भावित मानवीय क्षतिबारे पनि थप जानकारी आउन बाँकी छ।

घटनाबारे सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको छ।