काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबार सुनको १० ग्रामको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको १० ग्रामको मूल्य ३ हजार ७६८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।