काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ। यसैगरी, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुनको कारोबार २ लाख ५६ हजार ६०० रुपैयाँमा भएको थियो। यसरी १० ग्राम सुनको मूल्य एकै दिनमा ४ हजार २८५ रुपैयाँले घटेको छ।

चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। यसैगरी, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ। आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।