काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका काम तथा उपलब्धिबारे जनतालाई जानकारी गराउन आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ।
बुधबार संसद् भवन, सिंहदरबार
मा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली ले सरकारले गरेका धेरै जनपक्षीय र सकारात्मक कामको जानकारी आमजनतासम्म पुग्न नसकेको बताए।

उनका अनुसार निर्वाचन क्षेत्रमा जानुअघि पार्टी सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित संसदीय दलको बैठक बसेर थप रणनीति तय गरिनेछ।
पराजुलीले सरकारले कुनै काम नगरेको जस्तो भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै रास्वपाले त्यसलाई तथ्य र उपलब्धिमार्फत चिर्ने बताए। उनले सुशासन, सेवा प्रवाह र जनपक्षीय नीतिमा सरकारले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै ती उपलब्धि जनतामाझ पुर्याउनु आवश्यक रहेको उल्लेख गरे।
उनले आगामी दिनमा संसद्लाई अझ प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सशक्त बनाउने तथा सबै राजनीतिक दलसँग सहकार्य र संवाद गर्दै जनहितका कानुन निर्माणमा सरकार र पार्टी प्रतिबद्ध रहेको पनि बताए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्