काठमाडौँ। मंगलबार सेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अङ्कले घटेर २६०३.७१ बिन्दुमा बन्द भएको छ। आज बजारमा कुल ४ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखियो। सुरुवाती चरणमा केही समय बढेको बजार पछि ओरालो लाग्दै २५९० बिन्दुको आसपास पुगेको थियो। अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार रातो रङमै बन्द भयो।
आज अधिकांश उपसूचकमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र माइक्रोफाइनान्स समूहका सूचकहरू घटेका छन्। यसमध्ये म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा बढी ५४.५२ अङ्कको गिरावट देखिएको छ।
यद्यपि, नन लाइफ इन्स्योरेन्स र अन्य समूहका सूचकमा भने सामान्य वृद्धि भएको छ। अन्य समूह २.१९ अङ्कले बढेको छ।
दिनभरको कारोबारमा ६९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटा कम्पनीको घटेको छ। १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको बजारमा आईसीएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ९.१८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीले २२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थान ओगटेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्