५ असोज, काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेट्टिने सम्भावना कम रहेको बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहसचिव शर्माले बाढीपछि बेपत्ता भएकाहरूको जीवित उद्धारको सम्भावना कम रहेको बताएका हुन्।
यद्यपि, खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनले स्पष्ट पारे।
उनले उद्धार कार्यमा अझै केन्द्रित रहेको बताउँदै बेपत्ता भएकाहरूको खोजीलाई प्राथमिकतामा राखिएको जानकारी दिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्