काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी दलका अध्यक्षले सहभागिता जनाउने भएका छन् । महाधिवेशन आइतबारबाट चितवनको भरतपुरमा हुँदै छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङदेन र जनमतका अध्यक्ष डा।सिके राउत, जनता समाजवादीका उपेन्द्र यादव एकै मञ्चमा देखिने छन् ।

उनीहरू शुभकामना दिनका लागि महाधिवेशनमा सहभागी हुन लागेका हुन् । जसका लागि राप्रपाका राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

यस्तै, प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ९बालेन० पनि छोरी र श्रीमती सबिना काफ्लेहित कार्यक्रमस्थलमा पुगिसकेका छन् । उनले महाधिवेशनको घण्टी बजाएर कार्यक्रम उद्घाटन गर्ने तय भएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको ४ महिना अघिमात्रै उदाएको रास्वपा उक्त निर्वाचनमा २० सिटसहित चौथो दल बनेको थियो । २१ फाल्गुनको निर्वाचनमा भने रास्वपा १८२ सिट प्राप्त गर्न सफल भयो ।