काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका मन्त्रीहरू चितवनमा पुगेका छन् ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ ,ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावल लगायतका मन्त्रीहरू उपस्थित भएका छन् ।
सरकारमा रहेका सबै मन्त्रीहरू चितवन झर्दा नवप्रवर्धन तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन भने अहिलेसम्म पुगेका छैनन्। पुन स्वतन्त्र रूपमा सांसद जितेर अहिले नवप्रवर्धनमन्त्री बनेका व्यक्ति हुन् ।
उनी चितवन जाने नजाने कार्यसूची के छ भन्ने विषय अहिलेसम्म सार्वजनिक भएको छैन । यसैबीच सरकारका अधिकांश मन्त्रीहरू केन्द्रीय सदस्यका दावेदार छन्। उनीहरू केन्द्रीय सदस्यसँगै पार्टी सचिवालयमा आउने पनि तयारीमा देखिन्छन् ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्