काठमाडौं । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।
प्रस्तावमाथि छलफल भएपछि राष्ट्रिय सभाले विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयक पारित भएसँगै लामो समयदेखि संसदीय प्रक्रियामा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी कानुनी व्यवस्थामा दुवै सदनबीच एकरूपता कायम भएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्