मकवानपुर ।। राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई र मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ गरिने भएको छ । सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन् ।
भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये ३।४४५ किलोमिटर लामो सुरुङ आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
यससँगै महादेवटारमा निर्माणाधीन दुवै सुरुङको मुख्य खण्ड ‘ब्रेक थ्रु’ गरिने छ। अर्को ३।४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु गरिएको थियो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् । आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्