काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषय प्रतिनिधिसभामा उठेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कडा आपत्ति जनाए। उनले सरकारको यो कदमलाई ‘केटाकेटी खेल’ को संज्ञा दिए।

सिंहदरबारस्थित संसद् भवनमा बोल्दै सांसद राईले प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बसिसकेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताए।