काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको छैठौँ बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए।
प्रवक्ता ज्वालाका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा संगठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशन बैठकका एजेन्डामा छलफल हुनेछ।
यसैगरी, केन्द्रीय कार्यसमिति गठन, केन्द्रीय सचिवालय गठन र कार्य विभाजनका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्